(Saturday , 11 May,2024)

 विमानस्थल भन्सार कार्यालयको निरीक्षणमा निस्के अर्थमन्त्री महत

NepalNewsLine

NepalNewsLine

Image 1

११ साउन, काठमाडौँ - अर्थमन्त्री डा. प्रकाशशरण महत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलयको निरीक्षण गर्न पुगेका छन् ।

विमानस्थल भन्सारबाट ठूलो परिणाममा अवैध सुन भित्रिने गरेको तथ्य खुलेपछि अर्थमन्त्री डा।महत कार्यलयको निरीक्षणमा पुगेका हुन् ।

गत असार ३० गते हङकङबाट क्याथे प्यासिफिक एयरलायन्सको कार्गो विमानबाट ‘ब्रेक शु’मा राखेर अवैध सुन ल्याउने गरेको खुलेको थियो ।

विमानस्थल भन्सार कार्यलयबाट जाँचपास भएको उक्त अवैध सुन राजश्व अनुसन्धानको टोलीले समातेको थियो ।

यसपछि, भन्सार कार्यालयमा कार्यरत तीनजना कर्मचारीलाई निलम्बन गरिएको थियो भने राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यसबीचमा सरकारले विमानस्थल भन्सार प्रमुख समेत फेरिसकेको छ । विमानस्थल भन्सार कार्यलयमा टोकराज पाण्डेलाई पठाएको छ ।

यहिक्रममा अर्थमन्त्री डा.महत कार्यलयको निरीक्षणमा पुगेका हुन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal