(Sunday , 12 May,2024)

प्रहरी र राजश्व अनुसन्धान विभागले गर्यो चिनियाँ नागरिकको गोदाममा  छापा, सय कार्टुन दारी काट्ने मेशिन बरामद

NepalNewsLine

NepalNewsLine

Image 1

११ साउन, काठमाडौं । झण्डै सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकले लिएको भाडाको गोदाममा प्रहरी र राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।

बिहिबार प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित चिनियाँ नागरिकले भाडामा लिएको गोदाममा छापा मारेको हो । सो क्रममा दारी काट्ने मेशिन १ सय कार्टुन फेला पारिएको छ ।

प्रहरी र विभागको टोलीले अहिले थप अनुसन्धान गरिरहेको छ ।

साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदैं गर्दा झण्डै १ सय किलो सुन राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो ।

अहिलेसम्म घटनाको छानबिनका क्रममा एक चिनियाँ, एक भारतीय, भन्सार कर्मचारी,भन्सार एजेन्ट लगायतका गरी १७ जना पक्राउ परिसकेका छन् ।

सुन प्रकरणको मुख्य ब्यक्ति को हो भन्ने अझै पत्ता लागेको छैन ।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal