(Sunday , 12 May,2024)

खोटाङका सिडिओ खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा, आजदेखि स्वतः निलम्बनमा

NepalNewsLine

NepalNewsLine

Image 1

खोटाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खतिवडाविरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा वडा नं १० मा विद्युती पोल तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।

सहसिचव खतिवडा खोटाङका बहालवाला सिडिओ हुन् । अख्तियारले मुद्दा दायर गरेसँगै सिडिओ खतिवडा आजदेखि स्वतः निलम्बनमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोप पत्रमा भनिएको छ, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै खतिवडासहित अमृत कुमार दाहाल, दिल कुमार बुढाथोकी र दामोदर धमलालाई ४ लाख ७७ हजार ८९९ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको सजाय गरी बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२ )बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १(९२) बमोजिम कैद र जरिवाना हुनसमेत मागदाबी लिइएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal