(Saturday , 11 May,2024)

कम्युनिष्टलाई एकै ठाउँमा ल्याउन हरेस खानु हुँदैन : माधव नेपाल

author

Anonymous

Image 1

७ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा ल्याउन हरेस खान नहुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसमा कीर्तिपुरमा आयोजित कार्यक्रममा उनले सबै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनुपर्ने बताए ।

अहिले कम्यनिष्ट पार्टीहरु आफ्ना(आफ्ना पसल थापेर बसेको बताउँदै उनले मिल्न सक्ने, सहकार्य गर्न सक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताए ।

कम्युनिष्टहरुलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने र जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्शान हुने उनले बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal