(Sunday , 12 May,2024)

मन्त्रीको विवादास्पद बोली : कर्मचारीले सरुवाको पत्र बुझ्न नमानेपछि मैले कडा बोलें

author

Anonymous

Image 1

२८ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरुवाका पत्र बुझ्न नमान्ने एक कर्मचारीलाई मेरो कोठामा आएर झुण्डिन भनेको बताएका छन् ।

त्यसपछि ती कर्मचारीले सरुवाको चिठी बुझेर सम्बन्धित अस्पतालमा काम गरिरहेको र अन्य कर्मचारीहरुले पनि सरुवाको चिठी नबुझेको भनेर सुन्न नपरेको मन्त्री बस्नेतको भनाइ छ । आजको राष्ट्रिय सभा बैठकमा मन्त्री बस्नेतले सो कुरा बताएका हुन् ।

कतिपयले सरुवा गरिएको ठाउँमा जाँदैजान्नौं, मान्दैमान्दैनौं भनेपछि आफू आक्रामक रुपमा प्रस्तुत हुनुपरेको मन्त्री बस्नेतले बताए ।

पटक पटक जनताको सेवाका लागि सरुवा गरिएको स्थानमा जान भन्दा एकजनाले नजाने, बरु मन्त्रालयमा झुण्डिएर मर्ने भनेपछि आफूले झुण्डिन पठाइदेऊ भनेको उनले बताए । मन्त्री बस्नेतले भने, ‘केही नलागेपछि अन्तिममा आएर झुण्डिएर मर्छु भन्दाखेरि पठाइदेऊ न त मकहाँ झुण्डिन मैले भनेकै हो ।’

त्यसपछि उनले तुरुन्तै चिठी बुझेको र सरुवा गरिएको अस्पतालमा गएर काम गरिरहेको मन्त्री बस्नेतले बताए । ‘यति नगर्या भए जाँदैजाँदैन थिए । अहिले सबै हिँडिराखेका छन् । फटाफट हिँडिराखेका छन् । त्यो बेलादेखि चिठी बुझेन है भन्ने देखिएको छैन,’ उनले भने ।

उनले डोल्पाको मान्छे काठमाडौं आएर १० वर्ष बसिसकेको र सरुवा गर्दा पनि जान नमानेको उदाहरण दिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal