(Tuesday , 03 December,2024)

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

author

Anonymous

Image 1

२३ असार, काठमाडौं। समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज अपराह्न ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ ।

मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा ९एकीकृत समाजवादी० र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal