(Saturday , 11 May,2024)

जातीय विभेदविरुद्ध आज जसपाले खबरदारी कार्यक्रम गर्ने

author

Anonymous

Image 1

काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा०ले नेपालमा हुँदै आएको जातीय विभेदविरुद्ध आज खबरदारी कार्यक्रम गर्ने भएको छ । 

हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

उनका अनुसार काठमाडौँको माइतीघर मण्डलामा आज दिउँसो १ बजे उक्त घटनाको विरोधमा खबरदारी कार्यक्रम गरिनेछ । उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकर्तालगायत आम नागरिकलाई जातीय विभेदविरुद्धको आन्दोलनमा सहभागी हुनसमेत सो पार्टीले आह्वान गरेको छ । 
कार्यक्रम पार्टी सम्बद्ध शिल्पी दलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति सङ्गठनको संयुक्त आयोजनामा हुने जनाइएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal