(Saturday , 11 May,2024)

 सञ्चार क्षेत्रलाई कुण्ठित गर्नेकुरा लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन : सभामुख घिमिरे

NepalNewsLine

NepalNewsLine

Image 1

१६ असार, काठमाडौं - सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने र सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले सञ्चार क्षेत्रको महत्व धेरै रहेको बताउँदै सञ्चार क्षेत्रलाई कुण्ठित गर्नेकुरा लोकतन्त्रमा स्वीकार्य हुन नसक्ने बताउनु भयो । उहाँले सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्ने बताउनुभयो ।

उहाँले सञ्चारमाध्यमको महत्व बढाउने, ठिक दिशामा लैजाने र समाजवाद निर्माणको बाटो देखाउन सञ्चार क्षेत्रले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले सभामुखको भुमिका प्रभावकारी बनाउन र संसदलार्य प्रभावकारी रुपमा व्यवस्थित रुपमा सञ्चालन गर्नेकुरामा आफूले महत्वपूर्ण भुमिका खेल्नेकुरामा बढी ध्यान दिने बताउनुभयो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal