(Saturday , 11 May,2024)

आफूले सरकारको नेतृत्व गरेको ६ महिनामा देशको आर्थिक विकासमा प्रगति भएको छ : प्रधानमन्त्री प्रचण्ड

NepalNewsLine

NepalNewsLine

Image 1

 १३ असार, काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको ६ महिनामा देशको आर्थिक विकासमा प्रगति भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफको क्रममा उनले नेपालको नियति श्रीलंकाको जस्तै हुनेभयो भन्ने भाष्य निर्माण गर्दै सिंगो देशलाई आशंकित र त्रसित बनाएको अवस्थालाई पार लगाएको बताए ।

श्रीलंकाको दुस्वप्नबाट नेपालको अर्थतन्त्र जागिसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसलाई सरकारको उपलब्धिको मात्र नभई राष्ट्रकै सफलताको रुपमा लिन चाहेको बताए । प्रचण्डले भने– ‘सबैजसो आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अगाडि बढ्दैछन् । पछिल्लो ६ महिनायता कूल विदेशी विनियम संचिति २० दशमलव ९ प्रतिशतले बृद्धि भएको छ ।

अब ९ दशमलव ७ महिनाको बस्तु तथा आयात धान्न सक्ने सुरक्षित अवस्थामा रहेका छौँ । यस्तै कुल बस्तु व्यापारको घाटामा १५ दशमलव २ प्रतिशतले कमी आएको छ । विप्रेशण उल्लेखनीय रुपमा बृद्धि भएको छ ।’ 

उनले गत वर्ष यसै समयलाई आधार मान्दा पर्यटक दोब्बर बढेको, बैंकको ब्याजदर क्रमशः घट्दै गएको, वित्तिय क्षेत्रको लगानीको वातावरणमा सुधार आएको बताए । यस्तै चुहावटलाई कडाईका साथ नियन्त्रण गरिएपछि राजस्व परिचालनमा पनि क्रमशः सुधार आउँदै गएको बताए ।

नेपाल विद्युत प्राधिकरण र नेपाल आयल निगम नाफामा गएको र नेपाल वायूसेवा निगमको आर्थिक अवस्था पनि सुधार उन्मुख रहेको बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal