(Sunday , 12 May,2024)

 एमाले र माओवादीको एकता घोषणा प्रति प्रचण्डको आत्मसमीक्षा 

NepalNewsLine

NepalNewsLine

Image 1

४ असार, काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ वर्षअघि एमाले र माओवादीबीच एकता गर्नु हतारो भएको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले २०७४ मा एमाले र माओवादीबीच पार्टी एकता घोषणा गरेको स्मरण गरे । राष्ट्रिय सभा गृहको यही हलमा ठूलो भरोसा र अपेक्षाका साथ नेकपा गठनको घोषणा गरेको भएपनि त्यो पार्टी बचाउन नसकेको उनले बताए ।

त्यो बेला कहाँ त्रुटि भयो भनेर समीक्षा गर्नुपर्ने भन्दै उनले भने, ‘शायद त्यतिबेला पार्टी एकतै गर्ने हतारो पो गरेछौं कि ?

‘हामीले त्यतिबेला नै समाजवादी मोर्चा भनेर मोर्चाबाट काम सुरु गरेर विचार राजनीति, संगठन, कार्यशैलीमा एकरुपता कायम गरेपछि एकतामा पुग्ने उद्देश्य राखेको भए हामी सफल हुन्थ्यौं कि ? सबैले सोच्नुपर्ने परिस्थिति छ’, उनले थपे ।

निश्चित विचार र उद्देश्यका साथ मोर्चा बनाउन सफल भएको र फड्किएर पार्टी एकता गर्दा दुर्घटना भएको उनले स्मरण गरे ।

हिजोको तितो अनुभवबाट सिक्नुपर्ने भन्दै उनले भने, ‘आज समाजवादी मोर्चा भनेर घोषणा गरेका छौं, यो हिजोको अनुभवको पनि नयाँ संश्लेषण भएको छ । अब हाम्रो सफलतालाई कसैलाई रोक्न सक्दैन ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal