(Sunday , 12 May,2024)

प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि सांसदहरूबाट प्रश्नको वर्षा : जग्गा हडपेको हो कि हैन, घुस खाएको हो कि हैन ?

author

Anonymous

Image 1

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सांसदहरूले प्रश्नै प्रश्न सोझ्याएका छन् । 

शुक्रबार सिंहदरबारस्थित सुनुवाइ समितिको हलमा बिहान ८ बजेदेखि भइरहेको सुनुवाइ समितिको  बैठकमा सांसदहरूले कार्कीमाथि न्यायिक सुधारका विषय तथा उनका व्यक्तिगत काम कारवाहीका बारेमा प्रश्न गरिरहेका छन् ।

सांसदहरूले अदालतमा भ्रष्टाचार बढेको, गरिबले सहज रूपमा न्याय पाउने अवस्था नरहेको, कार्कीले फैसला गरेका मुद्दा विवादास्पद रहेको, घुस खाएको लगायतका प्रश्नहरूको वर्षा गरेका छन् । 


पदम गिरी 
अदालतमा गएर इतिहास रच्छु भन्ने तपाईँको के योजना छ '

देवेन्द्र दाहाल
बिचौलिया नियन्त्रणका लागि छुट्टै कानुन बनाउन पहल गर्ने बताउनुभएको छ, छोटो अवधिमा कसरी काम गर्न सक्नुहुन्छ 

ललितपुरको गोदावरीमा जग्गा हडपेको आरोप छ रु भवन विभागले बनाउनुपर्ने भवन सर्वोच्च आफैले निर्माण गरेर आर्थिक चलखेल गरेको आरोप छ, बिचौलियामार्फत घुस खाएको आरोप छ । बैंकिग कसुरमा परेका व्यक्तिबाट पैसा खाएको, हेर्न नमिल्ने मुद्दा आफ्नै इजलासमा  ल्याएको भन्ने आरोप छ ।  

जनार्दन शर्मा
सार्वजनिक विकास निर्माणका काम हुँदा अवरोध हुन्छ, त्यसमा निर्णय गर्दा अलि फरक ढङ्गले गर्न सकिँदैन र ?

न्याय सम्पादनको सिलसिलामा गरिबले न्याय पाउने अवस्था कसरी व्यवस्था गर्न सकिन्छ र?

महेश कुमार बर्तौला 
न्यायालयप्रति नागरिकको भरोसा टुट्ने अवस्थामा पुगेको छ । त्यसप्रति भरोसा बढाउन के काम गर्नुहुन्छ रुकार्य योजना प्रस्तुत गर्दा सर्वोच्चमा मुद्दाको चाँङ्ग रहेको बताउनुभयो । मुख्य न्यायाधीश नै ६ जना खाली भएको देखिन्छ । सर्वोच्चमा मात्रै ७ जना न्यायाधीश  खाली भएको अवस्था छ । न्यायाधीश नियुक्तिमा बाधा के भएको हो । मुद्दाको थुप्रिनुमा तपाईँको भूमिका रहेन र रु यो छोटो समयमा यहाँले कसरी नियुक्ति गर्न सक्नुहुन्छ र रुतपाई न्यायपरिषदभित्र हुनुहुन्छ, बहालवाला न्यायाधीशले तपाईमाथि खुला रूपमा उजुरी गर्नुभएको छ, त्यस्ता न्यायाधीशलाई कारबाही गर्न सक्नुहुन्न ?

ज्ञानेन्द्र बहादुर कार्की 
म प्रश्नभन्दा केही जिज्ञासा राख्न चाहन्छु । तपाई सबैभन्दा कम समय प्रधानन्यायाधीश बन्दै हुनुहुन्छ । भष्टाचारको सूक्ष्म अनुगमन गर्ने, बिचौलिया नियन्त्रणका लागि छुट्टै संयन्त्र बनाउने बताउनुभएको छ । यो गर्न सक्नुभयो भने जनताले न्यायपालिकाकालाई सकारात्मक रूपमा लिन सक्नेछन् । छोटो अवधिमा सर्वोच्चमा थुप्रिएका मुद्दाको चाङ कसरी टुङ्गोमा पुराउनुहुन्छ ?

डोलप्रसाद अर्याल 
तपाईले प्रस्तुत गरेको कार्ययोजनामा सर्वोच्चमा भ्रष्टाचार रहेको बताउनुभएको छ, तपाईँको  नियुक्तिपछि भ्रष्टाचार थियो कि पहिलेदेखि थियो ?

रमेशजंग रायमाझी 
बाँकी बसेका मुद्दाहरू फर्छ्यौट गर्न थप न्यायाधीशहरु थप गरेर किनारा लगाउन सकिन्छ कि सकिँदैन ?

उजुरीकर्ता बहालवाला न्यायाधीशले आचार संहिता पालना नगर्दा कारबाही गर्नुपर्छ कि पर्दैन ?

समयमा फैसला किन हुँदैन रु एउटा मान्छे जेल बस्यो तर ५ वर्षपछि फैसला हुँदा निर्दोष भयो भने त्यसको क्षतिपूर्ति के हुन्छ ?

हरिकृष्ण कार्कीको ३ पुस्तेभित्र नारायणबहादुर कार्कीको संलग्नतामा मेरो  करोडौँको सम्पत्ति खाइदिए म सडकमा पुगेको छु भनेर उजुरीकर्ताले उजुरी  गर्नुभएको छ । न्यायाधीशप्रति जनताको भरोसा टुटेको छ । भोली तपाई सर्वोच्चबाट बाहिरिएपछि तपाईमाथि पनि मुद्दा  पर्ला, बर्षौसम्म मुद्दा टुङ्गा नलाग्दा तपाईलाई कस्तो महसुस होला ?

जगप्रसाद शर्मा
संविधानको धारा १०१ को उपधारा ८ मा प्रधानन्यायाधीशलाई महाभियोग लगाएपछि मात्र सम्पत्ति छानबिन गर्न सक्ने व्यवस्था छ, त्यसअघि छानबिन गर्न सकिन्छ कि सकिँदैन ?

मुद्दा हेर्नका लागि स्वचालित अटोमेसन प्रणाली लागू गर्न सकिन्छ कि सकिँदैन ?

सङ्क्रमणकालीन मुद्दाको विषयमा सर्वोच्च आकर्षित हुन लागेको देखिएको छ, यो सर्वोच्चको क्षेत्राधिकार भित्र पर्छ र ?

प्रकाश अधिकारी
तपाईँको शैली त्यस्तै भएर त्रासले २९ जनाले उजुरी गरेका त हैनन् रु वर्षौदेखिको मुद्दा त्यसै छाडिएको छ तर २ महिनाअघि दर्ता भएको मुद्दालाई छिटो छिटो प्रक्रिया पुर्याएको छ, त्यसरी अन्याय गरेको धेरै उजुरी आएको छ । तपाईले भोली न्याय क्षेत्रको नेतृत्व गरिरँदा ५ बर्ष अघिको मुद्दाको फैसला हुने तर २ महिना अघि आएको मुद्दाको फैसला हुने प्रक्रियालाई कसरी हेर्नुहुन्छ ?

गणेश अवालेको उजुरी  हेर्दा उहाँले तपाईबाट धेरै पीडा पाएको  हो कि भन्ने लागेको छ । 

ईश्वरी न्यौपाने
गरिबले सजिलै न्याय पाउने अवस्था छैन, यसलाई कसरी हेर्नुभएको छ रु तपाईमाथि २९  वटा उजुरी आएको छ यो अहिलेसम्मकै धेरै उजुरी आएको छ । तपाईमाथि आफू मातहत रहेकै न्यायाधीश  आएर उजुरी गर्नुभएको छ त्यसलाई कसरी हेर्नुहुन्छ ?

जग्गा किर्ते गरेको र त्यसको केही अंश तपाईले पनि लिएको आरोप छ । सर्वोच्चमा न्यायाधीशहरुको पदपूर्ति गर्दा तपाईले निष्पक्षताका साथ गर्नुहुन्छ भनेर कसरी विश्वास गर्न सकिन्छ रु तपाईले विगतमा इजलास बहिष्कार गरेको तर त्यस दिनको पनि भत्ता लिएको आरोप छ । सर्वोच्च अदालतको भवन निर्माण गर्दा अनियमितता गरेको आरोप छ । 

ईश्वरी घर्ती

न्यायालयभित्र बिचौलिया छन् भनेर तपाईले हिजोको प्रस्तुतिमा भन्नुभएको छ, ति बिचौलया को हुन रु अदालतमा खास खास मुद्हरु सेटिङ्गका आधारमा हुन्छ भन्ने आरोप छ यो किन हुन्छ रु अटोमेसन प्रणाली सुरु भयो भने अदालतमा भ्रष्टाचार रोकिने र अदालत पारदर्शी हुनेछ तर किन यसलाई लागू गर्न नसक्ने बताउनुभएको हो ?

महिला बालबालिका सम्बन्धी घटनाका मुद्दा फास्ट ट्याकबाट फैसला गर्न पारिवारिक अदालत गठन गर्ने बताउनुभएको थियो, यो कहिलेबाट गर्नुहुन्छ ?

लिलानाथ श्रेष्ठ

बाहालवाला न्यायाधीशले चित्त नबुझेको कुरा मिडियामा लिएर जान हुन्छ कि हुन्न रु किनभने हाम्रो पार्टीमा चित्त नबुझेको कुरा पनि त्यसरी बाहिर लान मिल्दैन । यसको अर्थ अदालत भित्र धेरै कुराको विकृति छ भन्ने स्पष्ट हुन्छ । 

न्यायालय भष्टाचारको अखडा भयो भनेर जनताबाट व्यापक गुनासो छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal