(Saturday , 11 May,2024)

 एनसेल प्रकरणमा मन्त्रिपरिषद्को निर्णय

NepalNewsLine

NepalNewsLine

Image 1

३० जेठ, काठमाडौ - आज बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलका सन्दर्भमा दायर भएको मुद्दामा नेपालको पक्षमा आएको फैसलाले अर्बौँ रुपैयाँ घाटा लाग्नबाट जोगिएको भन्दै यसमा खटिने वकिललगायत सबैलाई धन्यवाद दिने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए । 

अन्तर्राष्ट्रिय कोर्टमा एनसेलले नै मुद्दा गरेको थियो ।  त्यस सन्दर्भमा  केही दिन अगाडि मात्रै फैसला भएको थियो भने त्यसमा नेपाल पक्षले जितेको छ । यदि नेपाल पक्ष हारेको भए रु ६०/६५ अर्ब नेपाललाई घाटा हुन्थ्यो । सो मुद्दा जित्नु मुलुकको लागि हितजन्य कार्य भएको बताउँदै मन्त्री गुरुङले मुद्दामा पैरवी गर्ने वकिल, कानुन मन्त्रालय लगायत अहोरात्र खटिने सबै पक्षलाई धन्यवाद दिने निर्णय भएको बताए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal