(Saturday , 11 May,2024)

राप्रपाका सांसद शाहीले मागे प्रधानमन्त्री दाहालको राजीनामा

NepalNewsLine

NepalNewsLine

Image 1

२८ जेठ, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठमा समय माग गरी बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री दाहालको राजीनामा माग गर्नुभएको हो ।

शाहीले प्रधानमन्त्री दाहालको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गर्नुभयो ।

शाहीले अदालतमा उपस्थित हुँदा प्रधानमन्त्री दाहाल प्रधानमन्त्री वा पुष्पकमल दाहालको हैसियतमा उपस्थित हुनुहुन्छ रु भन्दै प्रश्न गर्नुभयो । उहाँले अपराध जस्तो मुद्दा पर्दा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री नैतिकताका आधारमा पनि पदमा बसिरहन नमिल्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीको राजीनामा मागेपछि समय माग गरी बोल्दै नेकपा ९माओवादी केन्द्र० का सांसद माधव सापकोटाले राप्रपा प्रमुख सचेतक शाहीले व्यक्त गर्नुभएको धारणा संसद रेकर्डबाट हटाउन माग गर्नुभयो ।

सांसदहरुको भनाइपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यान आकर्षण भएको बताउनुभयो । प्र्रतिनिधि सभाको अर्को बैठक सोमबार १ बजेका लागि बोलाइएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal