(Sunday , 12 May,2024)

प्रतिनिधिसभाको बैठक सुरू

NepalNewsLine

NepalNewsLine

Image 1

२८ जेठ, काठमाडौं - प्रतिनिधिसभाको बैठक सुरू भएको छ ।

आइतबारको बैठकमा पनि सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल हुने कार्यसूचि रहेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथिको छलफलमा उठेको प्रश्नहरुको जवाफ दिने कार्यसूचि आजै रहेको छ । यस्तै, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमा सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ

अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गर्नुभएको थियो । बजेटमा ब्यवस्था गरिएका कतिपय करका दर र नयाँ ब्यवस्था विवादित बनेका छन् । त्यसको विपक्षी दलहरुले बिरोधसमेत गरेका छन् ।

बजेटमाथि आइतबार पनि सांसदहरुले आ-आफ्ना धारणा राख्ने कार्यक्रम जारी रहनेछ । गत सोमबारदेखि बजेट माथि छलफल भएको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal