(Saturday , 11 May,2024)

डा. बाबुराम भट्टराईले गरे आफ्नै कमजोरीहरूको आत्मसमीक्षा

NepalNewsLine

NepalNewsLine

Image 1

२५ जेठ, काठमाडौं - नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आत्मसमीक्षा सहितको दस्ताबेज केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेका छन् ।

पार्टीको बिहीबारबाट सुरू भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षकमा प्रस्तुत २३ पृष्ठ लामो दस्तावेजमा उनले आफ्नै कमजोरीहरूको पनि आत्मसमीक्षा गरेका छन् ।

हतारमा पार्टी घोषणा, तालमेलसहित चुनावी प्रतिस्पर्धा, जनआन्दोलन र परिचालनप्रति उदासीनता, मूल नेतृत्वको उदारता तथा आदर्शवाद र वस्तुगत प्रतिकूलता जस्ता कारणले पार्टी कमजोर भएको अध्यक्ष भट्टराईले दस्तावेजमा उल्लेख गरेका छन् ।

पार्टी आफ्नो पहिचान र अस्तित्व संकटको गम्भीर मोडमा उभिएको उल्लेख गर्दै दस्तावेजमा भनिएको छ, ‘हामी कहाँ जान हिँडेका थियौँ, कहाँ पुग्यौँ ? हामी वैकल्पिक राजनीतिक शक्ति हौँ कि परम्परागत पुरानै पार्टीका लाचार छाया हौँ ?

केन्द्रीय समितिको बैठक बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चल्नेछ। बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्ने बताइएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal