(Sunday , 12 May,2024)

 आजदेखि नेसपाको केन्द्रीय समिति बैठक सुरु हुँदै

NepalNewsLine

NepalNewsLine

Image 1

२५ जेठ, काठमाडौं - नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक आजदेखि भक्तपुरमा सुरु हुँदैछ । बैठक लोकन्थलीको एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्न लागेको हो ।

आज र भोलि (जेठ २५ र २६ गते) २ दिन चल्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने नेसपाका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । साथै सांगठनिक प्रस्ताव पनि बैठकमा पेश हुनेछ । त्यसमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।

बैठकमा पार्टीको विधान मस्यौदाको तयारीबारे पनि छलफल हुने पाण्डेले जानकारी दिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal