(Saturday , 11 May,2024)

अखिल (क्रान्तिकारी ) ललितपुर जिल्ला समितिको बैठक सम्पन्न

NepalNewsLine

NepalNewsLine

Image 1

१८ जेठ, ललितपुर - अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला समिती को बैठक आज आफ्नै कार्यालय मा बसेको छ । बैठक ललितपुर लिल्ला समिति संयोजक क. अमिर खरेलको अध्यक्षतामा केन्द्रिय समिति सचिब तथा उपत्यका विशेष प्रदेश इन्चार्ज क. प्रसुन कार्कीको प्रमुख आतिथ्य मा केन्द्रिय समिति सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज क. भिम आचार्य,  पूर्व केन्द्रीय सचिवालय सदस्य क. सुरेन्द्र शर्मा, केन्द्रिय समिती सचिवालय सदस्य क. माधब थपलिया को आतिथ्य मा सम्पन्न भएको हो ।                                                                                                 बैठक मा प्रमुख अतिथि क. प्रसुन कार्किले मन्तव्य ब्यक्त गर्नुभएको थियो । साथै बैठक मा विभिन्न एजेन्डाहरु माथि छलफल तथा निर्णयहरु पनि गरिएको छ।                                                                            आज बसेको बैठक ले जिल्ला समिति पदाधिकारी सर्वसहमतिले चयन गरेको छ। चयन भएका पदाधिकारी हरु मा                                         अध्यक्ष - अमिर खरेल, उपाध्यक्ष - रुपेश दाहाल, उपाध्यक्ष - अर्पणा भुजेल, उपाध्यक्ष - किरण महर्जन, सचिव - वासुदेव खनाल ( युनिक), सहसचिव - प्रफुल्ल दाहाल, सहसचिव - राजन सिन्तान, सहसचिव - समिर बिष्ट र कोशाध्याक्ष मा अर्जुन श्रीमाली रहेका छन । समितिको आगामि बैठक पदाधिकारी बैठक ले तोक्नेछ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal