(Sunday , 12 May,2024)

भारत भ्रमणमा निस्कनु अघि चिनियाँ उच्च अधिकारीसँग प्रधानमन्त्री प्रचण्डको भेटघाट   

NepalNewsLine

NepalNewsLine

Image 1

१७ जेठ, काठमाडौँ - भारत भ्रमणमा निस्कनु केही घण्टा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।                                                                                                                                                   चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोलीले बुधवार बिहानै बालुवाटार पुगेका हुन् । उनीहरू हिजो राती मात्रै सिंगापुर एयरलाइन्सबाट काठमाडौँ आइपुगेका हुन्। भारत भ्रमणमा निस्कनु केही घण्टा अघि चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीसँगको छलफललाई अर्थपूर्ण रूपमा लिइएको छ । 
                                                                                              गत चैत १४–१७ सम्म चीनको राजधानी हाइनानमा भएको ‘बोआओ फोरम फर एसिया’को निम्तो अस्वीकार गर्दै अनुपस्थित भएका प्रधानमन्त्री प्रचण्ड आज दिउँसो १ बजे भारत जाँदै छन्  । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal