(Sunday , 12 May,2024)

राष्ट्रपति पौडेल  र प्रधानमन्त्री दाहाल व्दारा गणतन्त्र दिवसको शुभकामना सन्देश

NepalNewsLine

NepalNewsLine

Image 1

१५ जेठ, काठमाडौं - १६ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश दिनुभएको छ ।

राष्ट्रपति पौडेलले गणतन्त्रले उद्देश्य अनुसारको राजनीतिक आचरण र चरित्र नभए जनताको बलिदानको अपमान हुने बताउनु भएको छ । गणतन्त्र दिवसको अवसरमा सोमबार सन्देश दिंदै पौडेलले शासन प्रणाली हावा, पानी माटो सुहाउँदो होइन जनता सुहाउँदो हुनुपर्ने भन्दै गणतन्त्रले जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्ने बताउनु भएको हो ।

जनताको हातमा अधिकार पुगेको भन्दै उहाँले देश ग्रामीण विकासको बाटोमा अग्रसर भएको जिकीर पनि गर्नुभएको छ । राष्ट्रपति पौडेलले शासन प्रणालीको पारदर्शिता, जनताप्रति जवाफदेही राज्यप्रणाली, सुशासन, जनसहभागितासहितको विकास प्रक्रिया, सामाजिक न्याय, अवसरको न्यायोचित वितरण, रोजगारीमा तीव्र वृद्धि र सेवा प्रवाहमा चुस्तता अनिवार्य आवश्यकता भएको पनि सन्देशमा उल्लेख गर्नुभएको छ ।

यस्तै, प्रधानमन्त्री दाहालले पनि गणतन्त्र दिवसको सन्देश दिंदै लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताउनु भएको छ । राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गर्ने भन्दै दाहालले बर्तमान सरकार त्यही बाटोमा अग्रसर रहेको दाबी गर्नुभएको छ ।

संघीय गणतन्त्रलाई जनताको जीवन व्यवहारसँगै जोडेर स्थापित गर्दै लैजानु पर्ने आवश्यकतामा जोड दिंदै उहाँले नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण नै यो व्यवस्थाको अभिष्ट भएको जिकीर गर्नुभएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal