(Sunday , 12 May,2024)

राष्ट्र र जनताको हीतका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिन जरुरीः प्रधानमन्त्री दाहाल

NepalNewsLine

NepalNewsLine

Image 1

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र र जनताको हीतका लागि काम गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

शनिबार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भुमिका रहेपनि राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यक्ता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले सबै एक ठाउँमा उभिनुपर्ने बताउनु भयो ।

उहाँले जनताको हीतमा समझदारी र सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले विगतका नमिठा पक्षलाई बिर्सिएर जनता र देशको विकासका लागि लाग्न आह्वान गर्नुभयो ।

प्रधानमन्त्री दाहालले आफ्नो ठाउँबाट गर्नुपर्ने त्याग गरेको स्पष्ट पार्नुभयो । उहाँले अहिले देशका अघि रहेका समस्या र चुनौतिको समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal