(Sunday , 12 May,2024)

राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गर्न प्रधानमन्त्रीको प्रस्ताव

NepalNewsLine

NepalNewsLine

Image 1

१३ जेठ, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गरेर अघि बढ्ने प्रस्ताव गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको शनिबार जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समस्याहरु समाधान गर्न सबै एक ठाउँमा आउनुपर्ने बताए ।

पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा केही तितामिठा अनुभूति भए पनि देश र जनताको हितलाई हेरेर एक ठाउँमा आउनुपर्ने बताए ।

२०७२ मा विनाशकारी भूकम्प गएपछि प्रतिपक्षमा रहेको आफ्नो दलले सरकारलाई सहयोग गरेको र अहिले पनि संसदीय समिति गठन, संवैधानिक परिषद्का विषयमा आफूले सक्दो लचकता देखाएको उनले दाबी गरे ।

‘अहिले पनि राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति आवश्यक छ,’ प्रधानमन्त्री प्रचण्डले अगाडि भने, सुशासन, त्यसमा पनि भ्रष्टाचार विरुद्धको लडाई हामी सबै मिलेर मात्र जित्न सक्छौं ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal