(Sunday , 12 May,2024)

माधव नेपाल न्युजिल्यान्ड प्रस्थान

author

Anonymous

Image 1

१२ जेठ, काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल न्युजिल्यान्ड प्रस्थान गरेका छन्। न्युजिल्यान्डको अकल्यान्डमा सोमबार हुन लागेको ‘७०औँ माउन्ट एभरेस्ट सेलेब्रेसन डे’मा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सर्वोच्च हिमशिखर सगरमाथा आरोहण गरेको ७० वर्ष पुगेका अवसरमा न्युजिल्यान्डमा आयोजना गरिने सभालाई अध्यक्ष नेपालले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने बताइएको छ।

उनले न्युजिल्यान्ड सरकारका प्रतिनिधिसँग दुईदेशीय हितका पक्षमा छलफल गर्नेछन्। करिब एक साताको भ्रमणका क्रममा अध्यक्ष नेपाल अस्ट्रेलियाको सिड्नीमा गैरआवासीय नेपाली संघ तथा प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन्।

दुवै मुलुकको भ्रमणका क्रममा उनले विभिन्न नेता, त्यहाँस्थित नेपाली समुदाय, पार्टीनिकट प्रवासी नेपाली एकता मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्नेछन्।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal