(Sunday , 12 May,2024)

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पायो पूर्णता, मन्त्री र राज्यमन्त्री नियुक्त

author

Anonymous

Image 1

९ जेठ, काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । 

राष्ट्रपति कार्यालयका अनुसार वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतो नियुक्त भएका छन् । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भएकी छन् । 

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेर कार्यभार तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal