(Sunday , 12 May,2024)

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको बयान लिन प्रेम सुवालको माग

NepalNewsLine

NepalNewsLine

Image 1

८ जेठ, काठमाडौं - नेपाल मजलुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको पनि बयान लिनुपर्ने बताउनु भएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै सुवालले पूर्व प्रधानमन्त्रीहरुलाई पनि सो प्रकरणमा बयान लिनु पर्ने बताउनु भएको हो ।

बैठकमा सुवालले प्रश्न गर्दै भन्नुभयो – ‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रिहरुको काम, कारबाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ । नेपालीलाई नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपीहरु पूर्व उपप्रधानमन्त्रीहरु प्रहरी अनुसन्धानमा छन् । पूर्व प्रधानमन्त्रीहरुलाई पनि बयानमा बोलाइ अनुसन्धानलाई पूर्ण बनाउनु जरुरी छैन र रु’

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँण प्रहरी हिरासतमा रहेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal