(Sunday , 12 May,2024)

प्रतिनिधि सभाको शुन्य समयमा सांसदहरुद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

NepalNewsLine

NepalNewsLine

Image 1

८ जेठ, काठमाडौं - प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुर जिल्लाका सम्पदाहरुमा आँखा नपरेको बताउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभाकी सांसद कार्कीले सरकारको निति तथा कार्यक्रममा ललितपुरका कला, संस्कृति र सम्पदामा सरकारको आँखा नपुगेको बताउनुभएको हो ।

उहाँले मन्दिरहरुलाई तत्कालै पुनःनिर्माण सम्पन्न हुनेगरी आगामी आर्थिक वर्षमा बजेटमा रकम विनियोजन गर्न माग गर्नुभयो । त्यसैगरी रातो मच्छिन्द्रनाथ जात्रा, बाह्रवर्षे जात्रा, भोटो जात्रालाई तत्कालै विश्वसम्पदा सूचीमा संलग्न गराउने विषय अगाडी बढाउन पनि उहाँले माग गर्नुभयो ।

त्यसैगरी प्रतिनिधि सभाका सांसद दामोदर पौडेल बैरागीले गैरसरकारी संस्थाहरुले विदेशका विभिन्न व्यक्ति र संस्थाहरुमार्फत सहयोग लिएर देशमा विपद्, भोकमरी र गरिबी निवारणमा सहयोग गर्ने गरेको भएपनि त्यस्ता सहयोगमा समेत सरकारले कर लगाउने गरेकाले कर छुट गर्न माग गर्नुभयो ।

सांसद देवप्रसाद तिमल्सिनाले रौतहटस्थित चन्द्रनिगाहापुरको माछापुच्छ्रे बैंकमा सर्वसाधारणको ९ लाख रुपैयाँ गायब गरिएको भन्दै दोषि उपर कारबाही गर्न माग गर्नुभयो ।

सांसद नागिना यादवले नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । यसैगरी सांसद नैनकला थापाले सरकारी अस्पतालहरुमा प्याट स्क्यान मेशिन आवश्यक भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सांसद प्रतिक्षा तिवारीले मधेश प्रदेशका विभिन्न ठाउँहरुमा खानेपानीको हाहाकार भएको भन्दै खानेपानी समस्या समाधान गर्न माग गर्नुभयो । सांसद प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायकहरुले मूल्य बढाउन लागेको भन्दै मूल्यवृद्धि रोक्न माग गर्नुभयो ।

सांसद विनिता कठायतले सरकारको निति तथा कार्यक्रममा कर्णालीको संस्कृति संवद्र्धन र संग्रहालय बनाउने कुरा नसमेटिनु दुखद् भएको बताउनु भयो ।

उहाँले कर्णालीको कुरा सुन्नका लागि सदन र सरकालाई आग्रह गर्नुभयो ।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal