(Sunday , 12 May,2024)

अस्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

NepalNewsLine

NepalNewsLine

Image 1

३ जेठ, काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।  

नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्समार्फत प्रधानमन्त्री प्रचण्डले नेपाल भ्रमणको निम्तो दिएका हुन् ।  नेपाल भ्रमणमा रहेका सहायक विदेश मन्त्री टिम वाट्स बुधवार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । 

सो क्रममा द्विपक्षीय हित । आपसी चासोका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयले जनाएको छ ।  
प्रधानमन्त्री प्रचण्डले नेपालको विकास र समृद्धिमा अस्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेको बताए । उनले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको अवस्था र समस्याहरूका बारेमा चासो व्यक्त गरेका थिए । 

यस्तै नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरूको विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोगका बारेमा पनि छलफल भएको थियो । वाट्सले अस्ट्रेलियामा नेपालीहरूले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा पनि गरे । 

उनले नेपालको विकास र समृद्धिको अभियानमा अस्ट्रेलियन सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal