(Sunday , 12 May,2024)

पदाधिकारी बैठकअघि देउवाले भेटे प्रधानमन्त्री प्रचण्ड

NepalNewsLine

NepalNewsLine

Image 1

२८ वैशाख, काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

पार्टी पदाधिकारी बैठक बस्नुअघि सभापति देउवाले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको स्रोतको भनाइ छ ।

आज दिउँसो देउवा निवास धुम्बाराहीमा बैठक बस्दैछ ।पार्टीका पूर्वपदाधिकारीको समेत सहभागी हुने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्नेलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग लेनदेनमा संलग्न भएको आरोपमा खाँणलाई बुधबार चाबहिलस्थित मनमैजुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

बुधबारको बैठकमा खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भए पनि निर्णय हुन सकेको थिएन ।

महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा भने खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal