(Sunday , 12 May,2024)

रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा अल्पकालीन अन्तरिम आदेश

NepalNewsLine

NepalNewsLine

Image 1

२५ वैशाख,काठमाडौं - रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा अल्पकालीन अन्तरिम आदेश फैसला भएको छ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त आदेश दिएको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ।

आफूलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयविरूद्ध पूर्वसांसद ढाकाकुमार श्रेष्ठले दिएको रिट दिएका थिए।

ढाकाकुमार श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका थिए।

मन्त्री हुनलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भन्दै श्रेष्ठलाई रास्वपाले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो।

श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाइसकेका छन्।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal