(Saturday , 11 May,2024)

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक स्थल परिर्वतन

NepalNewsLine

NepalNewsLine

Image 1

२४ वैशाख, काठमाडौं । नेकपा एमालेले बैशाख २८ गतेदेखि सुरु हुने पार्टीको केन्द्रीय कमिटीको बैठक स्थल परिर्वतन गरेको छ । एमालेले झापामा बोलाएको केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने भएको हो ।

यसअघि २८ देखि ३० वैशाखसम्म झापामा तय भएको बैठक एमालेले अन्तिम समयमा काठमाडौंमा नै सारेको छ । संसदको बजेट अधिवेशन सुरु भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्नेलगायतका कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै सारिएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिनुभयो । 

गत ४ मंसिरको आम चुनावपछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटीको चुनावको समीक्षा र चुनावपछि सञ्चालित ग्रासरुट अभियान लगायतका विषयमा छलफल हुने बताइएको छ ।

केन्द्रीय कमिटी बैठकअघि सोमबार केन्द्रीय कार्यालय र मंगलबार सचिवालयको बैठक बोलाइएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal