(Sunday , 12 May,2024)

बागमती प्रदेश सरकार गठनमा सकस, कांग्रेस संसदीय दलका नेताको आलोचना

NepalNewsLine

NepalNewsLine

Image 1

 बैशाख १७, काठमाडौं । बागमती प्रदेश सरकार पूर्णतामा ढिलाईका कारण प्रदेशको सबै जसो क्षेत्रमा प्रभाव परेको छ ।
बागमती प्रदेश सरकारको पूर्णता नभएकै कारण विकास बजेटमा ठूलै असर परिरहेको छ । नेकपा माओवादीका सालिकराम जम्मरकट्टेलले मुख्यमन्त्रीको पदभार सम्हालेको पाँच महिना बितिसक्दा पनि मन्त्रीमण्डल पूर्णता पाउन नसकेका कारण यस्तो अवस्था सिर्जना भएको हो । 

बागमती प्रदेशकै ठूलो दलको रुपमा रहेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेता आर्थिक मामिला मन्त्री बहादुर सिं लामाको फितलोपनाका कारण सरकार गठनमा ढिलासुस्ति भई रहेको पार्टीभित्रैका नेताहरु असन्तुष्ट बनेका छन् ।नेकपा माओवादीको भागमा पर्ने ४ जना मन्त्री ४ महिना अगाडि नै सपथ लिई आफ्नो कार्य थालनी गरिरहेका छन् । तर कांग्रेसको भागमा पर्ने मन्त्रीको नाम बहादुर सिं लामाले अहिलेसम्म मन्त्रीको लिष्ट बुझाउन नसकेका कारण कांग्रेसको भागमा पर्ने मन्त्रीहरु पुर्णता अहिलेसम्म दिन सकिरहेको छैन ।

 मन्त्री लामाले नेता प्रकाशमान सिंहको कोटामा १, शेखर  र गगन समुहको १ र नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँलाई १ जना मन्त्री सिफारिस गर्ने मनस्थितिमा रहेको बुझिएको छ । तर लामा समर्थहरुले बबन्डर गरेपछि लामा सकसमा परेको कांग्रेस बृत्तमा ब्यापक चर्चा छ ।

लामाका समर्थकहरुले आफ्नो पदलोलुपताका कारण पार्टीकै अस्तित्व मेटाउने गरी गरिएको यस्तो कदमका कारण लामाको व्यापक आलोचना हुने थालेको छ ।गएको उपनिर्बाचनमा कांग्रेसको लज्जास्पद हारपछि पार्टीको आन्तरिक द्वन्द्वलाई अन्त्य गरी एक आपसमा मिलेर जानुपर्ने देखिएको छ । नेता प्रकाशमान सिंह, शेखर कोइराला, गगन थापा र इन्द्रबहादुर बानियाँलाई बाईपास गर्न सहज भने छैन ।  यदि सबै नेतालाई मिलाएर नजाने हो भने लामाले ठुलो मुल्य चुकाउनु पर्ने गगन थापा समुहका एक सांसदले बताए । नेता लामाको मन्त्री सिफारिस गर्दा समाबेसी नभएको कारण लामाको ब्यापक आलोचना भईरहेको छ । लामाले सिफारिस गरेका खानीपानी सिचाई तथा उर्जा मन्त्री तिर्थ लामा बहादुर सिं लामा नातेदार पर्छन् । 

कांग्रेसको आन्तरिक द्वन्द्वको कारण मुख्यमन्त्रीले प्रत्यक्षरुपमा फाइदा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादीले  लिइरहेको छ । 
कार्यकर्ता संरक्षण, संगठन निर्माणमा अब्बल मानिने बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँलाई कम्जोर बनाउँदा बागमती प्रदेशको संगठन चकनाचुर हुने निश्चित छ । किन कि नेता बानियाँले आफू कति सक्षम र क्षमतावान छ भन्ने कुरा विगतको स्थानीय निर्वाचन र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो ठूलो दल बनाउन गरेको भुमिका नै काफी छ ।

यस्तो क्षमतावान नेतालाई पार्टीको नेतृत्वकर्ताले गएको संसदीय दलको नेताको निर्वाचनमा सम्पूर्ण शक्ति प्रयोग गरेर पराजित गर्नु कतै शिर्ष नेताहरु पार्टी कम्जोर बनाउन लागिपरिरहेका त होइनन् रु भन्ने आम कार्यकर्ताहरुको बुझाई रहेको छ । स्मरणीय छ, यदि बागमती प्रदेशमा नेपाली कांग्रेसको बर्चश्व कायम गर्ने हो भने नेता बानियाँलाई मिलाउनुपर्ने देखिन्छ । होइन भने अहिलेको विषम परिस्थितिमा नेपाली कांग्रेस कम्जोर हुने कुनै दुबिधा छैन । यस्तै गतिविधि गरिरहे बैशाख १० गते भएको उपनिर्वाचनमा कांग्रेसको गढ मानिने तनहुँ र चितवनमा नेपाली कांग्रेसको पराजयले नेताहरुले पाठ सिक्नु पर्ने देखिन्छ ।

यता एकीकृत समाजबादि पार्टीले पनि २ मन्त्रालय मागेर विवाद सिर्जना गरिरहेको छ । तर कांग्रेस र माओवादीले १ मन्त्री र १ समिति दिएर सहमतिमा ल्याउने प्रयास गरी रहेका छन् । तर समाजबादी २ वटा मन्त्रालय नपाए सरकारमा सहभागी नहुने चेतावनी दिइरहेको छ । मन्त्री गठन नभएकै कारण बजेटमा समस्या आएको बागमती प्रदेश कर्मचारीहरु बताउछन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal