(Monday , 24 June,2024)

ओटीटीमा ‘चपली हाइट–३’

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा प्रदर्शनमा आएको नेपाली फिल्म ‘चपली हाइट–३’ ओटीटी प्लेटफर्म सिनेमा घर एपमा रिलिज भएको छ ।  मंगलबारदेखि यो फिल्म विश्वभरबाट सिनेमा घर एपको प्रयोग गरी हेर्न सकिने भएको हो ।

२०७८ पुस ३० गते सिनेमा हलमा प्रदर्शन भएको तथा तीन दिनमा नै कोभिड–१९ को महामारीले हलहरू बन्द भएपछि यो फिल्म दोस्रो पटक फागुन २०७८ मा रिलिज भएको थियो । उक्त समयमा पनि फिल्मले दर्शक पाएन ।

निकेश खड्काद्वारा निर्देशित यो फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी वर्देवा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला लगायतको अभिनय छ ।

सस्पेन्स–थ्रिलर जनरामा बनेको यो फिल्म चपली हाइट सिरिजको तेस्रो शृङ्खला हो । यसअघि सिनेमा घर एपमा जय भोले, कबड्डी–४, महापुरुष, जारी, ‘पानी फोटो जस्ता रिलिज भैसकेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal