(Saturday , 11 May,2024)

प्रदीपको जन्मदिनमा मैत बहादुर सार्वजनिक

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसरमा फिल्म ‘पुजार सार्की’ले उनको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेको छ । फिल्ममा उनले मैतबहादुर नामक पात्रको भूमिका निर्वाह गरेका छन् ।

तस्वीरमा उनको चरित्र रुपान्तरण आकर्षक देखिन्छ । पात्र निर्वाहका लागि उनले गरेको मेहनत पनि देखिन्छ । फोटोमा उनलाई कालो टोपी, लामो कपाल र पञ्जैबाजाको दमाहा बजाउँदै गरेको देख्न सकिन्छ ।

तस्वीरले उनको चरित्र चित्रणबारे प्रकाश पार्छ । निर्देशक राउतले यो फिल्मलाई जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने कथा पेश गर्छ । प्रदीपसँगै पल शाह र आर्यन सिग्देल पनि प्रमुख भूमिकामा छन् ।

प्रदीपले यसअघि राउत निर्देशित सोसल(ड्रामा ‘प्रकाश’मा जुम्लाका एक विपन्न युवकको चरित्र निर्वाह गरेका थिए । ‘पुजार सार्की’को छायांकन कास्की जिल्लाको कास्कीकोटमा भइरहेको छ । विकास सुवेदीले यो फिल्म लेखेका हुन् ।

अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतले पनि अभिनय गरेका छन् । राउत निर्देशित अघिल्ला फिल्महरु प्रसाद, क्लासिक र नोभेम्बर रेन रुचाइएका थिए । यो फिल्मको निर्मातामा सुवास भुसाल छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal