(Friday , 10 May,2024)

पाकिस्तानी अभिनेत्री सना जावेदसँग शोएब मलिकको तेस्रो विवाह

NepalNewsLine

NepalNewsLine

Image 1

इस्लामाबाद । पाकिस्तान क्रिकेट टोलीका पूर्व कप्तान शोएब मलिकले तेस्रो विवाह गरेका छन् । ४१ वर्षीय शोएबले अहिले ३० वर्षीया पाकिस्तानी अभिनेत्री सना जावेदसँग विवाह गरेका हुन् । 

शोएबले शनिबार सानासँगको फोटो सेयर गरेर यो जानकारी दिएका छन् । शोएबको पहिलो विवाह आयशा सिद्दीकीसँग भएको थियो । उनीसँग सम्बन्धविच्छेद गरेपछि उनले २०१० मा पूर्व भारतीय टेनिस खेलाडी सानिया मिर्जासँग विवाह गरे। सानिया र शोएबको सम्बन्धविच्छेदको बारेमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन ।

सानिया मिर्जाले बुधबार सामाजिक सञ्जालमा सम्बन्धविच्छेदबारे संकेत गरेकी थिइन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमा स्टोरी पोस्ट गर्दै उनले लेखेकी थिइन्, ‘विवाह गाह्रो छ, सम्बन्ध विच्छेद गाह्रो छ, आफ्नो कठिनाइ आफै छान्नुहोस्। जीवन सजिलो छैन, यो सधैँ गाह्रो हुन्छ तर हामी गाह्रो छनोट गर्न सक्छौँ। सावधानीपूर्वक छान्नुहोस्।’

सानिया र शोएबको विवाह १२ अप्रिल २०१० मा हैदराबादमा भएको थियो ।  विवाहको ८ वर्षपछि सन् २०१८ मा छोरा इजहानको जन्म भएको थियो ।

यता सना जावेदले आफ्नो बायोमा पति शोएब मलिकको नाम पनि जोडेकी छिन् । पहिले उनको अकाउन्टमा ‘सना जावेद’ लेखिन्थ्यो तर अहिले उनले आफ्नो अकाउन्टमा ‘सना शोएब मलिक’ लेखेकी छिन् । इन्स्टाग्राममा उनको अन्तिम पोस्ट पनि मलिकसँगको विवाहको बारेमा थियो। ( एजेन्सी

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal