(Friday , 10 May,2024)

निरुता सिंहले सुटुक्क गरिन बिहे

NepalNewsLine

NepalNewsLine

Image 1

१६ भाद्र, काठमाडौँ - कलाकार निरुता सिंहले लगनगाँठो कसेकी छिन् । आफू वैवाहिक बन्धनमा बाँधिएको अभिनेत्री सिंहले आफ्नै फेसबुक मार्फत जानकारी गराएकी हुन् ।

उनले २ दिन अगाडि मुम्बईमा बिहे गरेकी हुन् । मुम्बई निवासी सञ्जीभ गुलाटीसँग वैवाहिक जीवनमा बाँधिएको पनि जानकारी गराएकी छिन् । 

सामाजिक सञ्जालमा तस्बिर राख्दै निरुताले मिडियाले बिहे कहिले गर्ने भनेर सोध्ने गरेको प्रश्नको जवाफ दिएको पनि उल्लेख गरेकी छिन् । निरुताले सामाजिक सञ्जालमा लेखेकी छिन्,

‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुँदैन थियो । त्यो हो, निरुताजी बिहे कहिले गर्ने रु आज त्यसै प्रश्नको जवाफ दिन गइरहकी छु ।

तपाईंहरुको निरुता सिंहले अगष्ट ३१ तारिखको दिन मुम्बई निवासी श्री सञ्जीभ गुलाटीसँग लगनगाँठो जोडेको छ । हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गर्दछु ।’

निरुताले आफूले चाडै नै नेपालमा आशीर्वाद लिन आउने पनि उल्लेख गरेकी छिन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal