(Friday , 10 May,2024)

केहि मान्छेहरू आफु विरुद्ध हात धोएर लागेको नम्रताको गुनासो 

NepalNewsLine

NepalNewsLine

Image 1

११ भाद्र, काठमाडौं - अभिनेत्री नम्रता श्रेष्ठले शारुक ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर सार्वजनिक प्रष्टीकरण दिएकी छन् । आफूविरुद्ध एकतर्फीरुपमा प्रहार गरिएको उनको गुनासो छ ।

शारुकको आत्महत्याअघि नम्रतासँग झगडा भएको समाचारहरू बाहिर आएका थिए । केहीले अतिरञ्जना गर्दै नम्रतालाई नै आत्महत्याको प्रमुख कारकतत्वका रूपमा औल्याउन समेत खोजे । यद्यपि, शारुकको सुसाइड नोटमा भने नम्रतालाई आरोपित गरिएको छैन ।

फेसबुकमा लामो स्टाटस लेख्दै पहिलोपटक नम्रताले आफ्नो भनाइ राखेकी हुन् । उनले शारुक एक सम्भावना बोकेको, सहयोगी र मिलनसार व्यक्तिका रुपमा चित्रण गर्दै घटनाले आफूलाई अचम्भित तुल्याएको बताएकी छन् ।

यो घटनालाई लिएर एकतर्फीरूपमा विभिन्न मिडियामार्फत समाचार लेख्न लगाइएको तथा केही चलचित्रकर्मी र चलचित्रका पदाधिकारी नै पूर्वाग्रही किसिमले आफूविरुद्ध लागेको नम्रताको टिप्पणी छ ।

‘मेरो परिवार र हाम्रो कानूनी टीमले त्यो किसिमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौं, एकजना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला, सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ।।मेरो मौनतालाई कमजोरी नठान्न अपील गर्दछु,’ उनले लेखेकी छन् ।

अनुसन्धानमा असर पर्ने भएकाले आफू अहिलेसम्म मिडियामा नबोलेको भन्दै उनले प्रहरी प्रशासनले बोलाएका बेला उपस्थित भएर बयान दिइसकेको बताएकी छन् ।

‘तर यहाँ एकतर्फी रूपमा केही मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे, त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ,’ उनी भन्छिन्, ‘आत्महत्याजस्तो संवेदनशील विषयलाई ग्लोरिफाइ गर्नु उचित हुँदैन ।’ 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal