(Friday , 10 May,2024)

चन्द्रयान–३ र आदिपुरुषको बजेट झण्डै बराबर

NepalNewsLine

NepalNewsLine

Image 1

मुम्बई - भारत चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको छ । रोचक कुरा, चन्द्रयान-३ बनाउन मात्र ६१५ करोड भारतीय रुपैयाँ खर्च भएको छ । जबकि केही समयअघि विवादित बनेको आदिपुरुषको बजेट झन्डै उस्तै थियो । 

अहिले सामाजिक सञ्जालमा आदिपुरुषका निर्माताको खिल्ली उडाउने काम भइरहेको छ । नराम्रो फिल्म बनाउनका लागि निर्माताले जति पैसा खर्च गरे, त्यो खर्चमा त चन्द्रमामा गएको भए हुन्थ्यो भन्दै मानिसहरुले गिज्याइरहेका छन् । भारतको चन्द्रयान-३ मिशनको लागत हलिउड फिल्म ‘इन्टरस्टेलर’ भन्दा पनि कम छ । 

अगस्ट २३ मा साँझ ६ः०४ बजे चन्द्रयान–३ को ल्यान्डरले चन्द्रमामा पहिलो पाइला राखेको थियो । योसँगै भारत सबैभन्दा कम लागतमा चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको छ । 

चन्द्रयान(३ चन्द्रमामा पाइला राख्नेबित्तिकै सामाजिक सञ्जालमा आदिपुरुष ट्रेन्डिङ हुन थालेको थियो । एक प्रयोगकर्ताले लेखेका छन्– बलिउडले एउटा फिल्ममा ६०० करोड खर्च गरे, तर यही रकममा इसरो चन्द्रमामा पुग्यो ।

चन्द्रयान–३ मिसनले यति धेरै पैसा देशको उत्थानमा लगानी गर्नुपर्छ न कि आदिपुरुषजस्ता फिल्म बनाउनमा खेर फाल्नुपर्छ भन्ने प्रमाणित गरेको छ ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘यदि भगवानको नाममा यति पैसा इसरोलाई दिएको भए राम्रो काम हुने थियो ।’

आदिपुरुष भारतको सबैभन्दा महँगो फिल्म

आदिपुरुष भारतमा बनेको सबैभन्दा महँगो फिल्म हो । फिल्म बनाउन दुई वर्ष लाग्यो । भीएफएक्समा परिवर्तनहरूले पनि यसको रिलिजमा ढिलाइ भयो ।

सुरुमा फिल्मको बजेट ५०० करोड रहेको भनिएपनि भीएफएक्समा परिवर्तन गर्नका लागि यसको बजेट अलिकति बढाइएको थियो । भीएफएक्समा परिवर्तन पछि, यसको कुल बजेट ६ सय करोड करोड पुगेको थियो ।

फिल्मले भारतमा २८६.३७ करोड कमाएको थियो । जसमा हिन्दी संस्करणबाट १४७.२६ करोड रुपैयाँ आयो । विश्वव्यापी कलेक्शनको कुरा गर्ने हो भने फिल्मले ४ सय करोडभन्दा बढी कमाएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal