(Friday , 10 May,2024)

 त्रिशक्ति भुजेल र प्रिन्सा नकर्मि बने रोयल अफ फेसन एम्पाएर सिजन वानका विजेता

NepalNewsLine

NepalNewsLine

Image 1

१४ साउन, ललितपुर - फेसन एम्पाएरले आयोजना गरेको रोयल अफ फेसन एम्पाएर सिजन वानका विजेता त्रिशक्ति भुजेल र प्रिन्सा नकर्मि बनेका छन ।

बालकुमारिमा रहेको हेप्जिबाह म्युजिक सिटि हलमा शनिबार भएको फिनालेमा १३ जना प्रतिसपर्धि लाई पछि पार्दै उक्त बिजेता बनेका हुन । ४ जना जजेजहरुकोे विशेष उपस्थितिमा ग्रान्ड फिनाले सम्पन्न भएको  थियोे ।

फस्ट रनरअप सुजन दुलाल र प्रगति भट्टराई भए भने सेकेन्ड रनरअप शुभम प्रधान र अनिस्मा खाति भए ।  विजेता त्रिशक्ति भुजेलले ३ वटा सबटाईटल बेस्ट वाक, बेस्ट पर्सनालिटि र बेस्ट टेलेन्टेड उपाधि पनि जितेका थिए ।

त्यस्तै विमेन विजेता प्रिन्सा नकर्मिले बेस्ट पर्सनालिटि र वेस्ट फोटोजेनिक सबटाईटल जितेकि थिईन । त्यस्तै वेस्ट वाक फिमेल सवटाईटल प्रगति भट्टराईले जितिन भने वेस्ट फोटोजेनिक मेल अभिशेक गुप्ताले जिते ।

वेस्ट टेलेन्टेड फिमेलमा अनिष्मा खातिले जितिन भने रुहि अख्तरले मोस्ट पङ्चुअल उपाधि जितिन । पव्लिक चोईस मेलमा शुभम प्रधानले जिते भने फिमेलमा प्रगति भट्टराईले जितिन ।

त्यसै गरि मोस्ट कन्फिडेन्ट मेल सुजन दुलालले जिते भने फिमेलमा अनिस्मा खातिले हात पारिन । मोस्ट फ्रेन्डलि सुजन दुलालले पाए र बेस्ट फिगरको उपाधि पनि अनिस्मा खातिले पाईन । 
  
प्रोग्राममा अर्काे एउटा क्याटगोरि पनि थप गरेको थियो अर्गनाईजर चोइस जुन अभिशेक गुप्ता मेल र सुरक्षा महर्जन फिमेल ले जिते । कार्यक्रममा विभिन्न समुहको न्यृत्य र गाएनको प्रस्तुति पनि रहेको थियो ।

उनिहरुलाई आयोजक टिमले सम्मान पत्र प्रदान गरेको थियो । यस्तै क्यामेराम्यान, मेकअप आर्टिस्ट र अन्य सहयोगी टिम लाई पनि सम्मान पत्र प्रदान गरेको थियो । 

अर्काे सिजन टु पनि छिट्टै आयोजा गर्ने आयोजना टिमले बताएको  छ ।  
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal