(Friday , 10 May,2024)

अग्रिम बुकिङमा प्रभासको 'आदिपुरुष' ले बनायो नयाँ कीर्तिमान

NepalNewsLine

NepalNewsLine

Image 1

 एजेन्सी - दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म ' आदिपुरुषु को क्रेज बढिरहेको छ।

'आदिपुरुष' रिलिज हुन एक दिन मात्रै बाँकी रहेकाले फ्यानहरूले धमाधम बुकिङ गरिरहेका छन्। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार दिल्लीमा एक टिकट २२०० भारूमा विक्री भइरहेको छ। थ्री-डीमा टिकटको मूल्य २२०० राखिएको छ भने टु-डीमा २००० राखिएको छ। 

टिकटमा उच्च मूल्य हुँदा पनि माग घटेको छैन। कतिपय हलमा ३ दिनसम्म टिकट शोल्ड आउट भएको बताइएको छ। 

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार बिहीबार बिहान ११ बजेसम्म भारतका दुई ठूला मल्टीप्लेक्स चेनमा मात्र ४ लाख ७९ हजार बढी टिकट विक्री भइसकेको छ। यो तथ्यांक हिन्दी र तेलुगु दुवै संस्करणको हो।  

'आदिपुरुषुले अग्रिम टिकट अग्रिम बुकिङको मामिलामा रामचरण र जुनियर एनटिआरको फिल्म 'आरआरआरु लाई पछि पारिसकेको छ।

हिन्दी र तेलेगु भाषामा छायांकन भएको फिल्म 'आदिपुरुष' लाई ओम राउतले निर्देशन गरेका हुन्। यो तमिल, मलयालम, कन्नड लगायत अन्य भाषामा समेत प्रदर्शन हुनेछ।

यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ। 

यो फिलम जुन १६ अर्थात असार १ गतेदेखि प्रदर्शन हुँदैछ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal