(Friday , 10 May,2024)

करिश्मालाई ‘महानायिका’पछि अब विपनालाई ‘युग नायिका’को उपाधि

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं - अभिनेत्री विपना थापालाई काठमाडौंमा आयोजित एक अवार्ड समारोहमा ‘युग नायिका’को उपाधि प्रदान गरिएको छ । टच इन्टरटेनमेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेसनल तथा ब्राइट इभेन्ट म्यानेजमेन्टले संयुक्त रुपमा आयोजना गरेको तेस्रो संस्करणको स्पर्श म्युजिक कार्यक्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

विपनाको डेब्यु फिल्म ‘जन्मभूमि’का निर्देशक तथा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले उनलाई सम्मान प्रदान गरे । नृत्य निर्देशकहरु राजु शाह, कमल राई तथा छायाकार शिव ढकालले अभिनेत्री थापालाई संयुक्त रुपमा सम्मानित गरेका हुन् । ५० को दशकमा विपनाले चर्चित नेपाली फिल्ममा अभिनय गरेकी छन् ।

समारोहमा अघिल्लो वर्षका उत्कृष्ट म्युजिक भिडियो तथा तीनका स्रष्टालाई पुरस्कृत गरिएको थियो । अवार्डको जुरी सदस्यमा मेकअप आर्टिस्ट ऋतु राणा, लोकगायक नमराज ढुंगाना, गायक नवीनकुमार पौडेल, संगीतकार राजेन्द्र बजगाईं तथा मोडल सञ्चिता शाही थिए ।

निजी क्षेत्रको कार्यक्रममा यसअघि राजेश हमाललाई महानायक, करिश्मा मानन्धरलाई महानायिका र नीर शाहलाई अभिनय शिरोमणि लगायतको सम्मान प्रदान गरिएको छ । यस्ता उपाधिलाई लिएर विवाद पनि हुने गरेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal