(Friday , 10 May,2024)

कान्स फिल्म फेस्टिभल सुरु, जोनी डीपलाई सात मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’

NepalNewsLine

NepalNewsLine

Image 1

३ जेठ, काठमाडौं - विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७६ औं संस्करण मंगलबारदेखि फ्रान्सको रिभेरिया सहरमा सुरु भएको छ । जोनी डीप स्टारर फिल्म ‘जीन डु बेरी’को प्रिमियरसँगै कान्स सुरु भयो । पूर्वपत्नी एम्बर हर्डसँगको लामो कानुनी लडाइँपछि सार्वजनिक रूपमा नदेखिएका अभिनेता डीपलाई उक्त फिल्मको प्रिमियरमा सात मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ दिइएको थियो ।

यो सम्मान पाउँदा डीपले खुसीका आँसु खसाले । राजा लुइस चौधौंको भूमिकामा अभिनय गरेका डीपको लागि उपस्थित दर्शकको भीडले लामो समयसम्म ताली बजाएको थियो । उनले बाल्कोनीबाट दर्शकलाई हात हल्लाए र अभिवादन गरे ।

फिल्म निर्देशक तथा स्टार माइवेनले पनि आँसु झारिन् । उनले भनिन्, ‘म यो क्षण मेरो प्रेमीसँग, मेरो निर्मातासँग सेयर गर्न चाहन्छु । यो यस्तो फिल्म थियो, जसमा लगानी गर्न चुनौतीपूर्ण थियो । म हलभित्रका सबै दर्शकसँग यो क्षण सेयर गर्न चाहन्छु ।’

कान्सको रेडकार्पेटमा पुग्दा डीपलाई हजारौं समर्थकले स्वागत गरे । उनीहरुले स्वागतमा कार्डहरु बोकेका थिए भने आफ्ना आइडललाई स्पर्श गर्न होड गरिरहेका थिए । डीप रेडकार्पेटमा हिंड्नुअघि पाँच मिनेट बाहिर फ्यानको लाइन उभिएको थियो । यो फिल्ममा मावेनले १८ औं शताब्दीमा फ्रान्सकी एक श्रमिक महिला जिन भरबेनियारको भूमिका निर्वाह गरेकी छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal