(Saturday , 11 May,2024)

सांसद राघव चड्ढासँग परिणीति चोपडाले गरिन् इन्गेजमेन्ट 

NepalNewsLine

NepalNewsLine

Image 1

३१ वैशाख, काठमाडौं - बलिउड अभिनेत्री परिणीति चोपडा र सांसद राघव चड्ढाले इन्गेजमेन्ट गरेका छन्।

उनीहरूले शनिबार दिल्लीमा इन्गेजमेन्ट गरेका हुन्। परिणीतिले ुमैले हुन्छ भनेँु भन्दै इन्स्टाग्राममा इन्गेजमेन्टको तस्बिरहरू सेयर गरेकी छन्। 

उनीहरूको इन्गेजमेन्ट समारोहमा कलाकारदेखि नेताहरूको सहभागी थियो। परिणीतिको इन्गेजमेन्टमा सहभागी हुन प्रियंका चोपडा अमेरिकाबाट आएकी थिइन्। 

राघव आम आदमी पार्टीको राज्यसभा सांसद हुन्। इंग्ल्यान्डमा पढ्दा परिणीति र राघवबीच चिनजान भएको थियो।

परिणीतिले द युनिभसिटी अफ म्यानचेस्टरमा पढेकी हुन् भने राघवले लण्डन स्कूल अफ इकोनोमिक्समा पढेका हुन्।

राघव पेशाले चाटर्ड अकाउन्टेन्ट हुन्। गतवर्ष पञ्जाव सरकारले उनलाई सल्लाहकार बनाएको थियो। अन्य क्षेत्रमा काम गर्ने भन्दै विपक्षी दलले उनको आलोचना गरेका थिए।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal