(Friday , 10 May,2024)

विपश्यनाको शिविर छाडेर भारत फर्किए आमिर खान

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं - बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न आएका बलिउड अभिनेता आमिर खान भारत फर्किएका छन् । गत आइतबार काठमाडौं आइपुगेका उनी शुक्रबार बिहान १०.५० बजे इण्डिगो एयरलाइन्सबाट मुम्बई प्रस्थान गरेका हुन् ।

आमिरले सोमबारदेखि विपश्यनामा साधना गरे । शुक्रबार बिहान साढे ८ बजे उनले ध्यान केन्द्र छाडेर निस्किएको उक्त केन्द्रका एक कर्मचारीले बताए । आफ्ना नजिकका साथी राजीव लुथ्राको निधन भएपछि आमिर बीचमै ध्यान-साधना छाडेर गएको र पछि आउँदा ध्यान शिविरमा पूरा समय बस्ने बताएको जनाइएको छ ।

‘उहाँ साढे ८ बजे नै यहाँबाट निस्कनुभएको हो । यति चाँडै किन निस्कनुभयो, त्यो कारण थाहा भएन, केन्द्रका कर्मचारीले भने । विपश्यनाको नियमानुसार १० दिन नियम पालनासहित ध्यान गर्नुपर्छ । आमिरले पनि सोही अवधिसम्म ध्यान गर्ने बताइएको थियो ।

आइतबार नेपाल आउँदा उनलाई व्यवसायी रुपज्योतिलगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal