(Friday , 10 May,2024)

भारतमा विवादित फिल्म "द केरला स्टोरी" ले कमायो ३ दिनमा ३५ करोड

NepalNewsLine

NepalNewsLine

Image 1

२५ बैषाख, काठमाडौँ - बलिउड फिल्म "द केरला स्टोरी" ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। 

हिन्दी फिल्म बजार विश्लेषक तरण आर्दशका अनुसार फिल्मले तीन दिनमा ३५ करोड २५ लाख भारू कमाएको छ।

८ करोड ३ लाखमा ओपनिङ गरेको फिल्मले शनिबार ११ करोड २२ लाख र आइतबार १६ करोड भारू कमाइ गरेको हो। शनिबार पहिलो दिनको भन्दा ३९।७३ प्रतिशतले व्यापारमा वृद्धि हुँदा आइतबार ४२।६० प्रतिशत वृद्धि भएको छ।

प्रदर्शनअघि फिल्मको खासै चर्चा नभए पनि प्रदर्शनपश्चात फिल्मले बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ। विवादित विषयमा फिल्म बनाएको भन्दै प्रतिबन्ध लगाउन माग समेत गरिएको थियो। 

फिल्ममा हिन्दु युवतीलाई मुस्लिम धर्मान्तरण गरेर इस्लामिक स्टेट अफ इराक र सिरिया ९आईएसआईएस० जस्ता आतंकवादी संगठनमा कसरी भर्ना गरिएको छ भन्ने कथा देखाएको छ। 

सुदीप्तो सेनले निर्देशन गरेको फिल्ममा अदाह शर्मा, योगीता बिहानी, सोनिया बलानी, सिद्धी अडलानी, विजय कृष्ण, प्रणय पचौरी, प्रनव मिश्रालगायत कलाकारको अभिनय रहेको छ।


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal