(Friday , 10 May,2024)

रियाशा दाहाल अन्तत रुटिनेसँग विवाह बन्धनमा बाधिएकि छिन

NepalNewsLine

NepalNewsLine

Image 1

 

२० वैशाख, काठमाडौं - कलाकार रियाशा दाहालले विवाह गरेकी छिन् । रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग उनले बुधवार विवाह गरेकी हुन् ।

थुप्रै म्युजिक भिडियोमा समेत काम गरिसकेकी रियाशा र भिक्टरबीच पछिल्लो तीन वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो तर यी दुईले आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए ।

रियाशाले आफ्नो फेसबुक अकाउन्टमा विवाहको तस्बिरलाई सोलमेट्स ह्यासट्याग दिएकी छिन् । तस्बिरमा क्याप्सनमा उनले लेखेकी छिन्, ‘सधैँका लागि तिमीलाई रोजेँ ।’

उनको यो तस्बिरमा धेरैले बधाई तथा शुभकामना दिएका छन् । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal