(Friday , 10 May,2024)

दोस्रो मुलपानी महोत्सव सुरु

superadmin

superadmin

Image 1

काठमाडौ – मुलपानीमा हिजो चैत्र २९ गते देखी २०८० बैशाख ११ सम्म चल्ने गरि महोत्सव सुरु भएको छ,

महोत्सवको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले गर्नुभएको थियो भने उद्घाटन

कार्यक्रमको अध्यक्षता ऋषेश्वोर महादेव मन्दिर संरक्षण क्षेत्रका अध्यक्ष, समाजसेवी जगन्नाथ खनालले गर्नुभएको थियो ।

महोत्सवको आयोजक ऋषेश्वोर महादेव मन्दिर संरक्षण क्षेत्र र मुलपानी युवा समाज छन् । महोत्सव “कृषि घरेलु

हस्तकलाको बिकास गरौं १ साहित्य, संस्कृतिको संरक्षण र प्रबर्द्धन गरौं !!” भन्ने मुल नारा सहित सुरु भएको छ,

महोत्सवमा स्थानीय क्षेत्रमा उत्पादन भएको खाद्य बस्तु लगायत विविध व्यापारीक स्टलहरु छ्न भने रास्ट्रीय

कलाकारहरुले मनोरञ्जनका कार्यक्रम दिनेछन् । कार्यक्रममा बालबालिकाहरु खेल्ने रमाउने खेल समाग्रीहरु

सजाईएको छ, भने लत्ताकपडा देखि खानाको विभिन्न परिकारहरु पनि महोत्सवमा देखिन्छ, घोडचढीका लागि

घोडाहरु महोत्सव राखिएको छ्न । स्थानीय तहमा चलेका यस्ता महोत्सवले स्थानीय व्यापार र उत्पादन अनि कला

साहित्य र संस्कृतिको जगेर्ना गर्ने र प्रबर्द्धन गर्ने काम गरेको प्रमुख अतिथि र महोत्सवका अध्यक्षले मन्तव्यमा राख्नुभयो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal