(Saturday , 28 September,2024)

श्रीमतीको हत्या गरेको आरोपमा रौतहटका युवक पक्राउ

NepalNewsLine

NepalNewsLine

Image 1

रौतहट । श्रीमतीको हत्या आरोपमा प्रहरीले रौतहटको राजपुर नगरपालिका–५ का मसुद आलमलाई पक्राउ गरेको छ ।

उनकी पत्नी ३७ वर्षकी नजाबुन नेसाको ३२ जेठमा हत्या भएको थियो । ‘अनुसन्धानका क्रममा मृतक महिलालाई उनकै श्रीमान मसुद आलमले घाटी थिची मारेको हो भन्ने खुलेको छ’, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले भने, ‘मसुदले श्रीमतीको घाटी थिचेको उनकै छोरीले समेत पुष्टी गरेकी छिन् ।’

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका मसुदले श्रीमतीको हत्या गरेको स्वीकार गरेको उपरीक्षक घिमिरेले बताए । हत्या आरोपमा अनुसन्धानका लागि मसुदलाई हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालयबाट अनुमति लिइने प्रहरीले बताएको छ ।


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal