(Sunday , 12 May,2024)

बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

NepalNewsLine

NepalNewsLine

Image 1


नेपालगन्ज  । बाँके जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले एक कार्यक्रमका बीच बाँकेलाई लुम्बिनी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।

जिल्लाका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपपछि आज जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणासभामा प्रदेश सांसदद्वय बादशाह कुर्मी र रत्न खत्री, स्वास्थ्य मन्त्रालयका सचिव डा। जनार्दन पन्थी, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद गिरी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकाय, खजुरा वडा नम्बर २ का वडा अध्यक्ष धनराम वली, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, बर्दियाका प्रमुख गोकर्ण गिरी लगायत उपस्थित थिए । जिल्ला समन्वय समिति संयोजक ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा घोषणासभा सम्पन्न भएको थियो ।

खोपै नलगाएका २ सय ९० बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ५ सय १७ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए । जन्मेदेखि ५९ महिनासम्मका सबै बालबालिकाले उमेर अनुसार पाउनुपर्ने १४ प्रकारका रोग विरुद्धको खोप पाइसकेकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।  माघदेखि घरधुरी सर्वेक्षण सुरुवात भई 'खोज र खोप' अभियान संचालन गरिएको थियो ।

डुडुवालाई बैशाख ८, जानकीलाई जेठ २१, खजुरालाई २५, कोहलपुरलाई २६, बैजनाथलाई २९, नरैनापुरलाई ३१, नेपालगन्जलाई ३२ र राप्तीसोनारीलाई असार ३ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । बाँके २०७७ चैत्र ६ गते पूर्ण खोप जिल्ला घोषणा भएको थियो । पूर्ण खोप घोषणापछि प्रत्येक वर्ष खोप लगाउन छुटेका बालबालिकालाई खोजेर खोप दिई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुपर्दछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal