(Sunday , 12 May,2024)

कोशी प्रदेशः आम हडतालको कार्यक्रम फिर्ता

NepalNewsLine

NepalNewsLine

Image 1

१६ जेठ, विराटनगर - कोशी नाम खारेजीका माग राख्दै आन्दोलनरत पक्षले आम हडतालको कार्यक्रम फिर्ता लिएको छ।

विराटनगरमा आइतबार आन्दोलनका क्रममा पक्राउ परेका बाँकी पहिचानवादीलाई रिहा गरिने भएपछि पुनः नामकरण संघर्ष समितिले घोषणा गरेको आम हड्तालको कार्यक्रम फिर्ता लिएको हो।

जिल्ला प्रशासन कार्यालय मोरङमा आज ९मंगलबार० भएको छलफलमा बाँकी रहेका २६ जनालाई रिहा गर्ने सहमति भएको हो। यसअघि आन्दोलनको क्रममा पक्राउ परेका ८६ जनामध्ये ६० जना रिहा भएका थिए।

फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेश अशान्त बनेको छ। आइतबार प्रदेशसभा बैठक बस्दै गर्दा बाहिर भने पहिचान पक्षधर र प्रहरीबीच झडपसमेत भएको थियो। झडप हुँदा दुवै पक्षका ३० जनाभन्दा बढी घाइते भएका थिए।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal