४ भाद्र, विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिने भनेको विश्वासको मतसम्बन्धी प्रस्ताव माथिको मत विभाजन सुरु हुन लागेको छ ।
अहिले ५ मिनेटका लागि घण्टी बजाइएको छ ।
गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका हुन् ।
उनलाई सत्ता गठबन्धनको तर्फबाट काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादीको १ सांसदको समर्थन रहेको छ ।
प्रतिक्रिया