(Saturday , 11 May,2024)

कोशीमा सभामुख पद रिक्त

NepalNewsLine

NepalNewsLine

Image 1

३१ साउन, विराटनगर - नयाँ सरकार टिकाउन र भत्काउन एक सांसद निर्णायक रहेको कोशी प्रदेशमा सभामुख पद फालाफाल भएको छ ।

उद्धव थापालाई मुख्यमन्त्रीमा दाबी पेश गर्न बहुमत पुर्‍याउनका लागि सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि हाल कोशी प्रदेशसभामा सभामुख पद रिक्त छ ।

साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्नेछ । बहुमतका लागि आवश्यक संख्या ठिक्क मात्रै भएका कारण सत्ता गठबन्धनले फेरि सभामुख पद लिन चाहेको छैन । उसले सभामुख लिएको अवस्थामा बहुमतका लागि चाहिने संख्या भन्दा एक सिट कम हुनपुग्छ ।

त्यस्तै प्रतिपक्षी दल नेकपा एमाले र राप्रपा पनि सभामुख लिन तयार छैनन् । उनीहरुलाई थाहा छ अहिले सभामुख लिनु भनेको सत्ता गठबन्धनलाई बहुमत सुरक्षित गर्न सघाउ पुर्‍याउनु हो ।

अर्कोतर्फ सभामुख नलिएको अवस्थामा मुख्यमन्त्री थापाले विश्वासको मत पाउन नसकेर संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले एमाले नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना छ । यसरी सत्तापक्ष र प्रतिपक्ष दुबैले लिन नचाहेका कारण सभामुख पद फालाफाल भएको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal